कोरोनाबाट मृत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएका — OSNepal

कोरोनाबाट मृत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएका

LC (KTM) January 23, 2022 0

नयाँ दिल्ली -भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ । यो शनिवारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ दशमलव ५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३ दशमलव १८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर