काठमाडौँबाट मध्यरातमा अपहरणमा परेका पठाओ राइडको ललितपुरबाट गरियो उद्धार — OSNepal

काठमाडौँबाट मध्यरातमा अपहरणमा परेका पठाओ राइडको ललितपुरबाट गरियो उद्धार

LC (KTM) January 23, 2022 0

काठमाडौं । काठमाडौँमा पठाओको लोकप्रियता बढीरहेका बेला एक जना पठाओ राइडर अपहमा परेका छन् । घटना हो शनिबार रातीको ।

शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याएर लुटपाट गरेको स्रोतले जनाएको छ ।
धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

काठमाडौंका २५ वर्षीय पठाओ राइडर प्रविन राइलाई फिल्मी शैलीमा २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईले अपहरण गरेर लुटपाट गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

मध्यरातको साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई स्थानीयले छटपटाइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरिएको थियो ।

पठाओ राइडर राईको मोटरसाइकल बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा ति दुई अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल र नगद चोरहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर