मेलम्चीमा दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान — OSNepal

मेलम्चीमा दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान

LC (KTM) January 23, 2022 0

सिन्धुपाल्चोक, ९ माघ -मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो । उहाँले दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुने समेत दाबी गर्नुभयो । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

झन्डै रु ९५ लाख लगानीमा भवनसहित अक्सिजन प्लान्ट निर्माण भएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिनुभयो । अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत यस भेग आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर