संक्रमति मध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा, ललितपुरमा मात्र यति धेरै — OSNepal

संक्रमति मध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा, ललितपुरमा मात्र यति धेरै

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित मध्ये आदि काठमाडौं उपत्यकाको रहेका छन् । देशभर

६ हजार ४६२ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

जसमा काठमाडौंमा मात्र २८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा कोरोना परिक्षण गरिएको थियो । यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै, संक्रमण मुक्त हुनेको संख्या आठ लाख २१ हजार ६ सय ९९ जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर