संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाँझिएको भन्दै कानुन व्यवसायीले दिए सत्तारुढ गठवन्धनलाई यस्तो सुझाव — OSNepal

संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाँझिएको भन्दै कानुन व्यवसायीले दिए सत्तारुढ गठवन्धनलाई यस्तो सुझाव

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको कानुन व्यवसायीहरूले बताएका छन् ।

आज आइतबार सत्तारुढ गठवन्धन दलहरुले कानुन व्यवसायीहरुसँग गरेको छलफलमा कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव दिएका हुन् ।

छलफलका क्रममा संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न कानुन व्यवसायीहरुले सुझाव दिएका हुन् ।

तीन चरणको चुनाव मध्ये कुनलाई कार्यकाल सुरु भएको मान्ने भन्ने विषयमा गठवन्धनमा चासोको विषय बनेको छ ।

बैठकमा सहभागी भएका एक नेताले दिएको जानकारी अनुसार अन्तिम चरणको चुनाव भएको मितिबाट अर्थ लाग्ने गरी ऐन संशोधन गर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।

गठवन्धनले आज आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर