सरोगेसीप्रति आमा बनेकी प्रियंका चोपडामाथि यसरी खनिइन् तसलिमा — OSNepal

सरोगेसीप्रति आमा बनेकी प्रियंका चोपडामाथि यसरी खनिइन् तसलिमा

LC (KTM) January 23, 2022 0

काठमाडौं, ९ माघ- लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ सामाजिक सञ्जालमा राखेकी छन् । उनको भनाइमा सरोगेसीका माध्यमबाट अभिभावक बनेका स्टारप्रति निशाना साँधेकी छन् ।

तसलिमाले सरोगेसीका माध्यमबाट आमा बनेका महिलाहरूमाथि प्रश्न गरेकी छन् । हालैमात्र अभिनेत्री प्रियंका चोपडा जोनास र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनेका थिए ।

‘सरोगेसी गरिब महिलाहरूका कारण मात्र सम्भव छ । धनी व्यक्ति आफ्नो स्वार्थका लागि समाजमा गरिबीको अस्तित्व चाहन्छन् । तपाईंहरुलाई बच्चा पाल्न र उनीहरू स्याहारसुसारमा चासो छ भने घरबारविहीन बनेका बच्चाहरूलाई अपनाउनुहोस्’, उनले लेखेकी छन् ।

उनले सरोगेसीका माध्यमबाट ‘रेडिमेड बच्चा’ पाउने महिलालाई आमाको अनुभव कसरी आउँछ भनेर प्रश्न सोधेकी छन् । ‘म सरोगेसीलाई त्यो समयसम्म स्वीकार्दिन, जबसम्म धनी महिलाहरु सरोगेट आमा बन्दैनन् । म बुर्का पनि लगाउँदिन, जबसम्म पुरुषले यसलाई स्वीकार्दैनन् । यस्तै प्रकारमा वेश्यावृत्तिलाई पनि स्वीकार्दिनँ । सरोगेसी, बुर्का र वेश्यावृत्ति महिलाहरु र गरिबहरुको शोषण हो’, उनले लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर