साइकल यात्रीलाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटना,सधैका लागि अस्ताए अरुण — OSNepal

साइकल यात्रीलाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटना,सधैका लागि अस्ताए अरुण

LC (KTM) January 23, 2022 0

देउखुरी, ९ माघ-देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर