११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ,नेता सिटौलाद्वारा प्लान्ट उद्घाटन — OSNepal

११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ,नेता सिटौलाद्वारा प्लान्ट उद्घाटन

LC (KTM) January 23, 2022 0

बनियाँनी, ९ माघ -मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गर्नुभएको थियो ।
कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताउनुभयो । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर