पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’ — OSNepal

पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’

LC (KTM) January 23, 2022 0

काठमाडौं, ९ माघ-आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् ।

आईसीसीले आइतबार पाकिस्तान विकेटकिपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो ।

उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ ।मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए ।

यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसियट प्लेयर अफ दि इयर घोषित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर