क्रिकेटमा लय गुमाउँदै भारत , भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रीका क्लिन स्विप — OSNepal

क्रिकेटमा लय गुमाउँदै भारत , भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रीका क्लिन स्विप

LC (KTM) January 23, 2022 0

वन डे होस् या टि ट्वान्टी पछिल्लो समयमा भारतले लय गुमाउँदै आएको छ । यसैक्रममा घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप नै गरेको छ ।आइतबार राति अन्तिम तथा तेस्रो एकदिवसीयमा भारतलाई ४ रनको झिनो अन्तरले हराउँदै दक्षिण अफ्रीकाले सिरिज तीन शुन्य ले क्लिन स्विप गरेको हो ।

केपटाउनमा दक्षिण अफ्रीकाले भारत समक्ष २ सय ८८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको भारतले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो । भारतका लागि ३ खेलाडीले अर्धशतक बनाए पनि जित टार्न सकेनन् । विराट कोहलीले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिखर धवनले पनि ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै दिपक चाहरले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ३९ रन जोडे ।

श्रेयस आयरले २६ रन जोडे भने कप्तान केएल राहुल ९ रनमा आउट भए । दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले समान ३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन जोडेको थियो ।दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए ।

रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दिपक चाहर र जस्प्रित बुम्राहले दुई दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर