इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको क्रिस्टल प्यालेस माथि शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको क्रिस्टल प्यालेस माथि शानदार जित

LC (KTM) January 23, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेस माथि शानदार जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ए का बिरुद्ध तीन गालले पराजित गरेको हो । क्रिस्टल प्यालेसको मैदानमा भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ३२ औं मिनेटमा एलेक्स च्याम्बर्लिन, खेलको ८९ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए । खेलको ५५ औं मिनेटमा प्यालेसका ओड्सोने इडवार्डले सान्त्वना स्वरुप गोल फर्काएका थिए । जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेको छ ।लिभरपुल दोस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर