इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित निकाल्दा आर्सनलले रेलिगेसन जोनको बर्नली संग बराबरी खेल्यो — OSNepal

इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित निकाल्दा आर्सनलले रेलिगेसन जोनको बर्नली संग बराबरी खेल्यो

LC (KTM) January 23, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकाल्दा आर्सनलले बराबरी खेलेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई दुई शून्य गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे । आजको यो जितसँगै चेल्सीले २४ खेलमा ४७ अंक जोडेको छ ।चेल्सी तेस्रो स्थानमा रहेको छ ।

टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । त्यस्तै राति भएको अर्काे खेलमा आर्सनलले घरेलु मैदानमा रेलिगेसन क्षेत्रको बर्नलीसँग गोलरहित बराबरी खेलेको छ । यस बराबरीसँगै आर्सनलले २१ खेलमा ३६ अंक जोडेको छ । आर्सनल छैटौं स्थानमा रहेको छ । १२ अंक जोडेको बर्नली पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर