चर्चित लेखिका तसलिमा नसरिनले प्रियंका चोपडालाई रेडिमेड बच्चाकी आमा भनेपछि मच्चियो हंगामा — OSNepal

चर्चित लेखिका तसलिमा नसरिनले प्रियंका चोपडालाई रेडिमेड बच्चाकी आमा भनेपछि मच्चियो हंगामा

LC (KTM) January 23, 2022 0

ग्लोबल आइकन प्रियंका चोपडाले यसपाली सबैलाई ठुलै सरप्राइज दिएकी छिन् । किनकि कसैले सुइको पनि नपाईकन उनी आमा बनेकि छिन् । तपाईलाई अचम्म लाग्न सक्छ उनले गर्भधारण गरेरभने बच्चाको आमा भएकी हैनन्् । उनले आफु सरोगेसीमार्फत् आमा बनेको खबर सबैलाई दिएकी हुन् । उनको यो जानकारीले सबै फ्यानलाई अचम्मित मात्र पारेन् खुशी पनि दियो ।

तर यहि कुरा कसैको लागि भने टाउको दुःखाइएको बिषय बनेको छ । यसरी टाउको दुखाउनेमा भारतकी चलेकी लेखिका तसलिमा नसरिन हुन् । उनले पनि यसबारे ट्वीट गरेकी छिन् । तसलिमाले आफ्नो ट्वीटमा सरोगेसीमार्फत् जन्मिने बच्चालाई रेडिमेड बेबी बताएकी छिन् । प्रियंकाले आफू सरोगेसीमार्फत् आमा बनेको कुरा सार्वजनिक भएपछि तसलिमाले यसबारे आफ्नो कटु बचनपुर्ण धारणा राखेकी छिन् । उनले लेखेकी छिन्, ‘सरोगेसीमार्फत् रेडिमेड बच्चा पाउने आमाले कस्तो महसुस गछिन् होला ?

उनले प्रियंका लाई लक्षित गर्दै लेखेकि छिन् के उनलाई ती बच्चाप्रति त्यस्तै महसुस हुन्छ जुन एक आमाले आफ्नो बच्चा जन्माएपछि महसुस गर्छिन् ? धेरै जसोले उनको यो टिप्पणी प्रति बिरोध जनाएका छन् भने केहीले समर्थन समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर