भगवान शिवले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल — OSNepal

भगवान शिवले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

LC (KTM) January 24, 2022 0

मेषः– आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा अभिरुची बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । साथि भाईका लागि समय र धन लगानी हुनसक्छ । ऋण लगानी नगर्नु होला ।

वृषः– समयमा सामान्य सुधार आउनेछ तर सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्नेछन् ।

मिथुनः– मन चुडिनेछ,काम गर्ने बातावरण भत्किनेछ । उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । आम्दानीका मार्ग बन्द एवं खर्चका मार्ग बढि खुला हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उधारो कारोवार नगर्नु होला ।

कर्कटः– मिलेर काम नगर्नु होला । विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भोग विलासिताका सामाग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

सिंहः– ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ । कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरोसामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

कन्याः– हेलचक्र्याई गर्दा आएको अवसर पनि फुत्किनेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार भुत्तो बन्नेछ । उपलब्धिका काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्नलार्ई स्वास्थ्यले पनि कम साथ दिनेछ ।

तुलाः– काम गर्ने वातावरण विग्रिनेछ । उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला ।

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला । शैक्षिक जागरण हुनेछ ।

धनुः– दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

मकरः– कामको विचमा विचार परिवर्तन नगर्नु होला लक्ष्यमा पुग्न सकिने छैन । पारिवारिक खर्च बृद्धि हुन सक्छ । कामगर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर गरेका कामबाट कम उपलब्धि हुनेछ ।

कुम्भः– मित्रहरु टाढा हुनेछन् भने दुर्जनहरु नजिक आउने छन् । सहज रुपमा काम हुने छैनन् । धेरै विश्वास गर्दा आशा निराशामा परिणत हुनसक्छ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।

मिनः– समय आउछ पर्खिदैन विचार पु¥याउनु होला । आफ्नै प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुने छैन । धन लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापारबाट आम्दानी बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर