बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन — OSNepal

बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन

LC (KTM) January 24, 2022 0

बैतडी, १० माघ – बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरकाे मृत्यु भएको छ । गत शुक्रबार

खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए ।

अमर बोहराकाे अध्यक्षतामा रहेकाे उपभाेक्ता समितिकाे निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएकाे हाे ।

तर, घटना भने लामाे समयसम्म गुपचुप राखिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिकाे घटनाबारे प्रहरीलाई जानकारी दिइएकाे छैन ।

घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतककाे आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएकाे छ । मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर