रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित — OSNepal

रियल मड्रिडले हार टार्‍याे, बार्सिलोनाको जित

LC (KTM) January 24, 2022 0

काठमाडौं, १० माघ-इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हार टारेको छ ।आइतबार राति घरेलु मैदानमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे ।

इल्चेबिरुद्ध २-० ले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १-१ गोल गरे ।रियलका लागि लुका मोड्रिक र इडरले १-१ गोल गरे । बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा यथावत छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा छ ।

राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई १-० अन्तरले पराजित गर्‍याे । भ्रमणकारी टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७ मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे ।

जितपछि बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर