दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला परेपछि सबै चकित — OSNepal

दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला परेपछि सबै चकित

LC (KTM) January 24, 2022 0

जोहेनस्वर्ग, १० माघ -दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।

तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ ।
पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।

विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर