महासचिव पोखरेलको आरोप प्रचण्डको कारण देउवा चुनावबाट भाग्दै — OSNepal

महासचिव पोखरेलको आरोप प्रचण्डको कारण देउवा चुनावबाट भाग्दै

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको भन्दै टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भएको स्मरण गराउँदै सामाजिक सञ्जालमा भनेका छन्, ‘हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।’

हिजो पुर्व राजा ज्ञानेन्द्र शाहले उचालेको खुलासा गरेका उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देउवालाई उचालेको समेत बताएका छन् ।

हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ उनले भनेका छन् ।

पोखरेलले भनेका छन् , ‘हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर