शेखर कोइराला समुहको निष्कर्ष : कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन — OSNepal

शेखर कोइराला समुहको निष्कर्ष : कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले सत्तारूढ गठबन्धनसँग मिलेर चुनावमा जान नहुने निष्कर्ष निकालेको छ ।

आज सोमबार बसेको शेखर कोइराला समुहको भर्चुअल बैठकले चुनाव जस्तो विषयमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी अगाडी बढेको आरोप समेत लगाएको छ ।

‘कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन ।’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकमा महामन्त्री गगन थापा केन्द्रीय सदस्यद्य अर्जुननरसिंह केसी र बलबहादुर केसी , मिनेन्द्र रिजाल,चन्द्र भण्डारी र रामशरण महत लगायतको सहभागीतत रहेको थियो ।

यता हिजो सोमबार बसेको सत्ता गठवन्धनको बैठकले वैशाखमा हुने स्थानीय तहको निर्वाचन पछाडि सार्ने विषयमा छलफल भएको थियो ।

आज जारी मन्त्रिपरिषद्को बैठकमा पनि स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर