आहा रारा गोल्डकपको साबिकको बिजेता संकटा लाई ठुलो संकट , मछिन्द्र संग पराजित भएपछि प्रतियोगिता बाटै बाहिरियो — OSNepal

आहा रारा गोल्डकपको साबिकको बिजेता संकटा लाई ठुलो संकट , मछिन्द्र संग पराजित भएपछि प्रतियोगिता बाटै बाहिरियो

LC (KTM) January 24, 2022 0

साविक विजेता संकटा फुटबल क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल बाटै बाहिरिनु परेको छ । आज भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग एकका बिरुद्ध चार गोलले पराजित भएसंगै साबिकको बिजेता संकटा प्रतियोगिता बाटै बाहिरिएको छ । मछिन्द्र भने प्रतियोगितामा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे । यस्तै उत्सव राई र अविशेक गुरुङले एक एक गोलको योगदान दिएका थिए । उता संकटाका गणेश हमालले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर