झापाबाट इलाम पिकनिक हिडेका १८ वर्षीय अनुप सधैका लागि उतै अस्ताए — OSNepal

झापाबाट इलाम पिकनिक हिडेका १८ वर्षीय अनुप सधैका लागि उतै अस्ताए

LC (KTM) January 24, 2022 0

मङ्गलबारे, १० माघ-इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो ।

माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको श्रेष्ठलाई साढे ४ बजे चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गङ्गाबहादुर थापाका अनुसार मे१०प ६८४३ नंको मोटरसाइकल अनियन्त्रित हुँदा श्रेष्ठ सडकभन्दा करिब २० मिटर तल झरेका थिए । आफैँ मोटरसाइकल चलाएका श्रेष्ठको टाउको र शरीरमा चोट लागेको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर