चार महिनाको उपचारपछि नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता — OSNepal

चार महिनाको उपचारपछि नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

LC (KTM) January 24, 2022 0

काठमाडौँ, १० माघ-नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो ।

हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेल्नुभएका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्कनुभएको हो । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर