घाँस काट्न गएका रानाको विद्युत् सर्ट भएको पोलमा छुँदा करेन्ट लागेर ज्यान गयो – OSNepal

घाँस काट्न गएका रानाको विद्युत् सर्ट भएको पोलमा छुँदा करेन्ट लागेर ज्यान गयो

LC (KTM) January 24, 2022 0

दमौली, १० माघ -तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुग्नुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement