चितवनमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, असर सामान्य ,अस्पतालमा ४७ जना मात्रै — OSNepal

चितवनमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, असर सामान्य ,अस्पतालमा ४७ जना मात्रै

LC (KTM) January 24, 2022 0

चितवन, १० माघ-कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि चितवनमा संक्रमणदर ह्वात्तै बढेको छ । सोमबार सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । संक्रमणदर उच्च भए पनि मृत्युदर र निको हुने दर भने न्यून छ । गम्भिर प्रकृतिका बिरामी पनि संक्रमणदरका अनुपातमा बढेका छैनन् ।स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा ५८३ नयाँ संक्रमित थपिए । ८१ जना मात्रै संक्रमणमुक्त भए । मृत्यु भने कसैको भएको छैन । पछिल्लो दुई सातामा तीन हजार ५०१ संक्रमित थपिँदा २२९ संक्रमित मात्रै संक्रमणमुक्त भए । एक जना संक्रमितको मृत्यु भयो ।

जिल्लामा सोमबार तीन हजार ३९० सक्रिय संक्रमित छन् । तीमध्ये तीन हजार ३४९ संक्रमित होम आइसोलेसनमा छन् भने ४१ संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन् । तेस्रो लहर सुरुभएपछि जिल्लामा स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको छ ।सोमबारसम्म ५३७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । तीमध्ये करिब २५० संक्रमित अझै पनि आइसोलेसनमा छन् । हालसम्म भरतपुर अस्पतालका ८३, क्यान्सर अस्पतालका १४४, चितवन मेडिकल कलेजका ११४ र पुरानो मेडिकल कलेजका ३४ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

‘संक्रमण देखिएको पाँच दिनसम्ममा संक्रमितमा कुनै लक्षण देखिएन भने काममा फिर्ता आउनुपर्ने भनिएको छ । त्यस हिसाबले आधा भन्दा बढी स्वास्थ्यकर्मी काममा आइसक्नुभएको छ’, उनले भनिन् ।यसअघि संक्रमण देखिएको १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड थियो । अहिले लक्षण देखिएका व्यक्ति बढीमा सात दिनसम्म आइसोलेसनमा बस्न सक्ने उनले बताइन् । लक्षण नदेखिएका स्वास्थ्यकर्मी काममा फिर्ता आइसकेकाले खोप अभियान प्रभावित नभएको उनी बताउँछिन् ।

अस्पतालमा ४७ जना मात्रै -तेस्रो लहरको कोरोनाले संक्रमितमा गम्भिर असर गरेको देखिँदैन । जुन हिसाबले संक्रमित थपिएका छन्, अस्पतालमा भर्ना हुने विरामीको संख्या भने न्युन छ । यहाँका अस्पतालमा चितवनलगायत विभिन्न जिल्लाका गरि ४७ जना संक्रमित मात्रै उपचाररत छन् ।

चितवनका ४१ र अन्य जिल्लाका छ जना संक्रमित अस्पतालमा रहेका छन् । अस्पतालमा उपचाररत ४७ जनामध्ये भरतपुर अस्पतालमा ३९ जना र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा चार/चार जना संक्रमित छन् ।११ संक्रमित आइसियूमा र ३६ संक्रमित एचडियूमा छन् । भेन्टिलेटरमा कुनै पनि संक्रमितले उपचार गराउनु परेको छैन । अधिकांश संक्रमितहरु होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर