मैत्रीपूर्ण खेलको लागि मरिससको फुटबल टोली नेपालमा — OSNepal

मैत्रीपूर्ण खेलको लागि मरिससको फुटबल टोली नेपालमा

LC (KTM) January 24, 2022 0

काठमाडौँ, १० माघ -नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ ।मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । त्यस्तै, नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर