यो सरकार नाफाखोरीको तारतम्य छ : भीम रावल — OSNepal

यो सरकार नाफाखोरीको तारतम्य छ : भीम रावल

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेकपा एमालेका नेता डा भीम रावलले जनताले सिटामोलसम्म नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेता रावलले जनस्वास्थ्य प्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन् ‘भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन भनेका छन् ।

उपत्यकामा सिटामोल नै अभाव भएको समाचार आएपछि नेता रावलले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव भएको भन्दै गठवन्धन सरकारको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ? भन्दै प्रश्न पनि गरेका छन् ।

जनस्वास्थ्य प्रति ध्यान नदिई अ‍ौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्।अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?

नेता रावलको ट्वीट : जनस्वास्थ्य प्रति ध्यान नदिई अ‍ौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्।अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर