जो चोर उसैको ठूलो स्वर ? — OSNepal

जो चोर उसैको ठूलो स्वर ?

LC (KTM) January 24, 2022 0

नेपालीमा एउटा उखान छ, जो चोर उसैको ठूलो स्वर । ठ्याक्कै यस्तै भएको छ, नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा पनि । सामाजिक संस्थाको रुपमा रकम बचत नलिने उद्देश्यका साथ जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी सञ्चालन गरिएको कलेजलाई प्रालि बनाउने नियत राखी चोर काम गर्नेहरुको आवाज दविएको छैन, बरु उच्चो हुन थालेका छ । चोर काम गरे पनि उनीहरुको आवाज पछिल्लो समय अझै सल्वलाउन थालेको देखिएको छ ।

नेक सुरुमा सात जना सञ्चालकहरुले सञ्चालनमा ल्याएका थिए रकम बचत नलिने उद्देश्यका साथ । सामाजिक संस्था भएकै कारण तत्कालिन चाँंगुनारायण गाविस हाल चाँंगुनारायण नगरपालिकाले पर्ति जग्गा उपलव्ध गराएर कलेज सञ्चालनमा ल्याइएको थियो । सुरुमा जेनतेन चलेको कलेजमा पछि गएर विस्तारै नाफा बचत हुन थाल्यो ।

कलेजमा रकम वचत हुन गएसँंगै केही सञ्चालहरुको मनस्थिति बदलियो । पैसा देखेपछि महादेवको पनि तीन नेत्र भने जस्तै कलेज सञ्चालकमध्येका एक लम्वोदरकुमार न्यौपानेले कलेज निजी भएको भन्दै नेपाल इन्जिनियरिङ कलेज प्रालि पनि दर्ता गर्न भ्याए अवैधरुपमा । उही न्यौपाने अहिले पनि कलेज प्रालि भएको भन्दै कलेजको करौडौ रकम आफनो खल्तीमा पार्ने षडयन्त्रमा छन् ।

स्थानीय जनता, शिक्षाप्रेमीलगायतको संयुक्त प्रयासले लम्वोदरको षडयन्त्र सफल हुन दिएको छैन । कलेजलाई निजीकरण हुनबाट जागाउन निरन्तर कलेज बचाउ अभियान सञ्चालन गरिरहेका छौ । यसका बाबजुत पनि लम्वोदरको आवाज अझै दविएको छैन, अनेक जालझेलबाट आवाज बुलन्द गरिरहेकै छन् ।

लम्वोदरकुमार न्यौपाने त्यो व्यक्ति हो, जसले कलेज निजी पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाएका थिए । यही प्रकरणमा लम्वोदर जेलसमेत परेका थिए । उनी कलेजको अध्यक्ष हुँंदा २३ करोड रुपैयाँं अपचलन गरेको आरोपमा उनीमाथि सम्पति शुद्धीकरण विभागले छानविनसमेत गरिरहेको छ ।सवै राजनीतिक दल, स्थानीय जनता, शिक्षाप्रेमीलगायतकाविरुद्ध पैसाको आडमा चलखेल गरिरहने त्यस्ता व्यक्तिमाथि कारबाही हुनुपर्छ । बचत रकम नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई प्रालि बनाउन पाइँंदैन । सवै सचेत होऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर