गाम्बिया पहिलो पटक अफ्रीका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा — OSNepal

गाम्बिया पहिलो पटक अफ्रीका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा

LC (KTM) January 24, 2022 0

गाम्बिया पहिलो पटक अफ्रीका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति भएको अन्तिम १६ को खेलमा गिनीलाई एक शुन्य गोल अन्तरले हराएर गाम्बियाले अन्तिम आठको यात्रा तय गरेको हो । गाम्बियाको जितमा मुसा बारो नायक बने ले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम समयमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।८७ औं मिनेटमा युसुफा एनजीले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा समेटिएको थियो ।यस्तै इन्जुरी समयमा गिनीका इब्राहिमा कोन्टेले रातो कार्ड पाएका थिए । यस जितसँगै गाम्बिया पहिलो पटक अफ्रीका कपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर