क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु — OSNepal

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

LC (KTM) January 25, 2022 0

एजेन्सी – क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ ।

अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर