मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य — OSNepal

मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य

LC (KTM) January 25, 2022 0

लमजुङ -हिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई कडाइ गरिएको हो ।

बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार जिल्ला कोडिभ–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । मनाङमा साढे ४ महिनामा आइतबार एक जना कोरोनाका बिरामी रहेका छन् । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर