कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन — OSNepal

कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन

LC (KTM) January 25, 2022 0

काठमाडौं, १० माघ-मध्यपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिइ आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै स्वीकृती लिएरमात्र बस्न निर्देशन जारी गरेको छ ।

विश्विद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले एक सूचना जारी गर्दै कोरोनाको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिई आफूखसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् ।

त्यस्तो प्रवृत्ति छाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आफू कार्यरत सम्बन्धित निकायको जिम्मेवारी एवं उत्तरदायित्व उच्च मनोबलका साथ सम्पादन गर्न गराउन सम्बन्धित सवैमा जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था परेमा पूर्व जानकारी सहित प्रमाण राखेर लिखित निवेदन स्वीकृत गराई मात्र विदामा बस्न र अत्यावश्यक परेका बेलामा आफ्नो निवास/आवास बाट समेत प्रशासनको नियमित सम्पर्कमा रही कार्य सम्पादन गर्न सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर