बेहुला चढ्नै लाग्दा रथ अनियन्त्रित भएर दुर्घटना : रथले किचेर दुईको मृत्यु, १६ घाइते — OSNepal

बेहुला चढ्नै लाग्दा रथ अनियन्त्रित भएर दुर्घटना : रथले किचेर दुईको मृत्यु, १६ घाइते

LC (KTM) January 25, 2022 0

काठमाडौं – बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको ज्यान गउको छ । खबर हो बाराको । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् ।

निधन हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

थापाका अनुसार बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना हुँदा यो विपत आइपरेको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । बेहुला भने रथमा चढ्न बाँकी नै रहेका कारण उनलाई केही भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर