मेरिल्याण्डः घरमा १२५ सर्प जम्मा गर्ने मानिस मृत फेला परेका छन् । यो घटना हो अमेरिकाको मेरिल्याण्ड राज्यको । समाचारमा जनाइए अनुसार करिब १२५ वटा विषालु र कम विषालु सर्प जम्मा गरेका ४९ वर्षीय मानिस मृत फेला परेका हुन्।
मृत फेला परेका ४९ वर्षीय ती मानिसले खोजीका लागि अनौठा प्रजातिका सर्पहरु जम्मा गरेर ट्यांकीमा राखेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई आफ्नै घरमा मृत फेला पारेका हुन्।
मृतकको नाम भने गोप्य राखिएको बताइएको छ । मेरिल्याण्डको रोग नियन्त्रण एवं रोकथाम विभागका अनुसार सो क्षेत्रमा वर्षेनि करिब ८ हजार मानिसहरुलाई विषालु सर्षले टोक्ने गरेको बताइएको छ ।