घाँस काट्न वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा एक्कासी छुँदा करेन्ट लाग्यो,पानी पानी भन्दै गुमाए ज्यान — OSNepal

घाँस काट्न वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा एक्कासी छुँदा करेन्ट लाग्यो,पानी पानी भन्दै गुमाए ज्यान

LC (KTM) January 25, 2022 0

काठमाडौ । तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर