‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी मिर्गौलापीडित १९ वर्षीया खुश्बुले मागिन सहयोग — OSNepal

‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी मिर्गौलापीडित १९ वर्षीया खुश्बुले मागिन सहयोग

LC (KTM) January 25, 2022 0

तनहुँ, ११ माघ -दुवै मिर्गौलामा समस्या भएकी व्यासनगरपालिका–१४ की १९ वर्षीया खुश्बु रानाले आफूलाई बचाइदिन सबै पक्षसँग याचना गर्नुभएको छ । घरको आर्थिक अवस्था नाजुकी रहेकी रानाले ‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी सबैसँग सहयोग माग्नुभएको हो ।

उहाँका श्रीमान् कोमबहादुर थापा नेपाल सेनाको सिपाही पदमा जागिरे हुनुहुन्छ । श्रीमान्को तलबले मात्रै आफ्नो उपचार खर्च सम्भव नभएकाले सहयोगका लागि अपेक्षा गर्नुभएको छ । श्रीमतीको उपचारमा खर्च धेरै लाग्ने भएकाले विभिन्न सङ्घसंस्था, राजनीतिक दल र सर्वसाधारणमा सहयोगको याचना गरिएको श्रीमान् थापाले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि आवश्यक सिफारिस प्रदान गरी सक्दो सहयोग गरिदिनुहुन सबै पक्षलाई अनुरोध गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । सहयोग गर्न चाहने महानुभावले मोबाइल नम्बर ९८२९१५२९१५ र ९८१५१४६००० मा सम्पर्क गर्नुहुन परिवारजनले आग्रहसमेत गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर