सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा एमाले विरुद्ध षड्यन्त्रमा केन्द्रित छ — OSNepal

सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा एमाले विरुद्ध षड्यन्त्रमा केन्द्रित छ

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एमालेका केन्द्रिय सल्लाहाकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले गठवन्धन सरकार एमालेको विरुद्धमा षडयन्त्र गर्न केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै बोहोराले वर्तमान सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्दैनन्,सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।’

आफ्नो पार्टी राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी रहेको बताएका उनले भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर