भीम रावलले लेखे यस्तो कविता: सत्ताको खेल, चुनाउको झेलले समृध्दि तर्फ यो राष्ट्र कहिले जाने हो — OSNepal

भीम रावलले लेखे यस्तो कविता: सत्ताको खेल, चुनाउको झेलले समृध्दि तर्फ यो राष्ट्र कहिले जाने हो

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एमालेका नेता भीम रावलले शहीदहरुको सम्मान गरौं भन्दै शहिदको सम्झनामा कविता लेखेका छन् ।

नेता रावलले यो कालापानी, दशगजा क्षेत्र हेरेर के भन्छौ सत्तामा बस्ने तिमी कि आफ्नै स्वार्थमा दिन गन्छौरु भन्दै कवितामा सरकारको आलोचना पनि गरेका छन् ।

शहीदहरूको सम्मान गरौं, मातृभूमिको हित, अखण्डता र स्वाभिमान र जनाधिकारको रक्षा गरौं!

देशको लागि वलिदान दिने सबैनै महान हुन्
स्वाधीन देश, स्वतन्त्र जनता उद्देश्य राखे जुन,
मान्छौ कि साँच्ची शहीदहरूलाई पवित्र मनले
ठान्छौ कि तिनको आदर्श मानुन् सर्वत्र जनले ?

सन्दकपुर हेर, सुस्तालाई बुझ लिपुलेक के भन्छ
लिम्पियाधुरा पराइको कब्जा नेपाली मन रून्छ,
यो कालापानी, दशगजा क्षेत्र हेरेर के भन्छौ
सत्तामा बस्ने तिमी कि आफ्नै स्वार्थमा दिन गन्छौ?

दिवसले आफैं गर्दैन पूरा सपना शहीदको
आकांक्षा पूर्ति नगरी हुन्न जनता र समाजको,
सत्ताको खेल, चुनाउको झेल सधैँ नै किन हो
के यस्तै चालले समृध्दि तर्फ यो राष्ट्र जाने हो ?

जुटेर सबै सेवामा देशको अगाडि बढेमा
नझुकाई शीर स्वाभिमानपूर्वक शिखर चढेमा,
शहीदको सम्मान ठहर्छ उचो देशभक्ति भावले
श्रद्धा यहीँ शहीदहरूलाई गरौं स्वाधीन मनले!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर