दर्शक स्रोताको मन जित्दै ‘जाले रुमाल’ – OSNepal

दर्शक स्रोताको मन जित्दै ‘जाले रुमाल’

osnepalmain January 25, 2022 0

दर्शक स्रोताको मन जित्दै अशोक अर्याल र अस्मिता अधिकारीको ‘जाले रुमाल’ गत शुक्रवार ‘अशोका ईन्टरटेनमेन्ट’ युट्युब च्यानल मार्फत बजारमा आएको गित ‘जाले रुमाल’ ले दर्शक स्रोताको मन जित्न सफल भएको छ। गित रिलिज भएको २ दिनमै करिब १ लाख २० हजार दर्शकले यस गितको भिडीयो हेरका छन्। नेपालकी पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको ‘जाले रुमाल’ मा डा बिष्णुमुर्ति भट्टराई र गायक अर्यालको शब्द रहेको छ।

संगीतकार राजु अर्यालले संगीत भरेको जाले रुमाल मा ख्याति प्राप्त संगीत संयोजक श्यामश्वेत रसाईलीले संगीत संयोजन गरेका छन्। जाले रुमालको म्युजिक भिडियोमा गायक अर्याल र चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको । पहिलो पटक गायक अर्यालले यस भिडियोमा मुख्य भूमिका निर्बाह गरेका छन्। अहिलेका निकै चर्चित र ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको यस गितको भिडियोलाई चर्चित छायाँकार दुर्गा पौडेलले छायांकन गरेका छन् भने नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको जाले रुमालको बजार व्यवस्थापन सलीना म्युजिक प्रा लि ले गरेको छ ।यसको अडियो एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई लगायत अरु थुप्रै अडियो प्लेटफर्महरुमा सुन्न पाईन्छ।

करिब डेढ दशक देखि अमेरिकालाई कर्म थलो बनाउदै आएका गायक अर्याल पेसागत हिसाबले आई टि क्षेत्रमा कार्यरत छन। अमेरिकामा नेपाली समुदाय / संस्था हरुमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिंदै आएका गायक अर्यालले आफ्नो स्वरमा पहिलो गीत सन् २०१३ मा गरेका थिए। सन् २०१६ मा ४ वटा गीत समाबेस गरि ‘अशोका ‘ नामक म्युजिक एल्बम बजारमा लिएर आएका थिए। सन् २०१८ मा यो जुनीलाई बोलको गित ल्याएका गायक अर्यालले गत बर्ष गायिका समिक्षा अधिकारीको साथमा ‘चिनो रुमाल’ बोलको गित ल्याएका थिए। गत महिना आफ्नो नेपाल आएको समयमा ‘नारायण नारायण’ बोलको भजन र ‘जाले रुमाल’को निर्माण गरेका थिए। ‘नारायण नारायण ‘ बोलको भजन एक महिना अगाडी युट्युबमा आईसकेको छ। ‘जाले रुमाल’ गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement