पाँच दल मिलेर अघि बढिरहेका छौं, आउने असोज, कार्तिक, मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं : माधव नेपाल — OSNepal

पाँच दल मिलेर अघि बढिरहेका छौं, आउने असोज, कार्तिक, मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं : माधव नेपाल

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेले जहिल्यै पनि वितण्डामात्रै मच्चाउने काम गरेको टिप्पणी गरेका छन् ।

सकारात्मम सोच नभएकाले केपी ओलीको गुटले सबैतिर वितण्डा मच्चाईरहेको छ । उसलाई वितण्डामात्रै मच्चाउन मन लाग्छ । किनभने सकारात्मक सोच छैन् ।

उनले भनेका छन् , ‘अब एमालबाट आशा गर्ने कुने ठाउँ नभएको बताएका उनले अघि भनेका छन् , संविधानको रक्षा गर्नुछैन्, संविधानको अक्षर र भावनालाई समाप्त पार्नुछ । लोकतन्त्रलाई धुजा–धुजा पार्नुछ । गणतन्त्रलाई कमजोर बनाउने काम मात्र भएको छ । ‘

नेता नेपालले आफुहरु भने लोकतन्त्र जोगाउन लागि परेको बताउँदै उनले भने , ‘नेपाली सबै सन्दर्भमा पाँच दल मिलेर अघि बढिरहेका छौं, आउने असोज, कार्तिक, मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर