थप १२००८ जनामा कोरोना संक्रमण पुष्टि , आठ जनाको मृत्यु हुँदा कति भए संक्रमणमुक्त ? — OSNepal

थप १२००८ जनामा कोरोना संक्रमण पुष्टि , आठ जनाको मृत्यु हुँदा कति भए संक्रमणमुक्त ?

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जना गरी १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर