उपत्यकामा ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ हजार भन्दा बढी काठमाडौंकै मात्र — OSNepal

उपत्यकामा ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ हजार भन्दा बढी काठमाडौंकै मात्र

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या देशभर भएका संक्रमितको संख्या भन्दा आधा भन्दा बढी रहेको छ । देशभर आज १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जना गरी १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् ।

उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा मात्र ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर