आफ्नै घरमा १२५ वटा विषालु सर्प पालेर बसेका ४९ वर्षीय पुरुष यस्तो अबस्थामा फेला — OSNepal

आफ्नै घरमा १२५ वटा विषालु सर्प पालेर बसेका ४९ वर्षीय पुरुष यस्तो अबस्थामा फेला

LC (KTM) January 25, 2022 0

मेरिल्याण्डः घरमा १२५ सर्प जम्मा गर्ने मानिस मृत फेला परेका छन् । यो घटना हो अमेरिकाको मेरिल्याण्ड राज्यको । समाचारमा जनाइए अनुसार करिब १२५ वटा विषालु र कम विषालु सर्प जम्मा गरेका ४९ वर्षीय मानिस मृत फेला परेका हुन्।

मृत फेला परेका ४९ वर्षीय ती मानिसले खोजीका लागि अनौठा प्रजातिका सर्पहरु जम्मा गरेर ट्यांकीमा राखेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई आफ्नै घरमा मृत फेला पारेका हुन्।

मृतकको नाम भने गोप्य राखिएको बताइएको छ । मेरिल्याण्डको रोग नियन्त्रण एवं रोकथाम विभागका अनुसार सो क्षेत्रमा वर्षेनि करिब ८ हजार मानिसहरुलाई विषालु सर्षले टोक्ने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर