बाल गायिका टेरेसिा बिश्वकर्माको हुने भयो पहिलो गीत रेकर्ड,आमाले पनि गाउँने भइन सँगै — OSNepal

बाल गायिका टेरेसिा बिश्वकर्माको हुने भयो पहिलो गीत रेकर्ड,आमाले पनि गाउँने भइन सँगै

LC (KTM) January 25, 2022 0

बाल गायिका टेरेसिा बिश्वकर्माको परिवारको पिडाले सबैको आँशु खस्यो । निकै नै सुमधुर आवाजकी धनी टेरेसाको परिवारमा गरिवीले ठुलो पिडा दिएको छ । आमा पनि राम्रो गाउँछिन् तर अवसर नपाउँदा उक्त आवाज त्यतिकै सेलाएको छ । बुवालाई सानै उमेरदेखि मुटुको समस्याले पिरोल्यो र उनले ऋणधन गरेर मुटुको अप्रेशन गरे ।

त्यसपछिको समयमा बुवा रामबहादुर बिश्वकर्माको खुट्टामा रगत जम्न थाल्यो र त्यसको असर कानमा परी उनले कानै सुन्न छाडे । छोरी बुवाको सपना पुरा गर्न भ्वाईस अफ किड्समा गईन तर त्यहि समयमा बुवाले कान सुन्न छोडेपछि अवस्था के भयो होला रु

बुवा रामबहादुरले आफ्नो मनको पिडा शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालबाट सबैलाई सुनाएका छन् । शिशिरले कापीमा लेखेर राम बहादुरलाई प्रश्न गरेका थिए । रामबहादुरले आफुलाई २५ लाख माथि ऋण रहेको बताउँदै कान सुन्न नसक्दा आफु पल पलमा रुने गरेको र रुदा रुदै अहिले आफ्नो आँशु नै सकिएको बताए । यता श्रीमानको कुरा सुनेर टेरेसाको आमा शिबा पनि धरधरी रोईन् ।

छोरीले अहिले राम्रो गाउँछ रे भन्ने कुरा लेखेर देखाउँछन् तर कस्तो गाउँछिन् सुन्न पाएको छैन, म कति अभागी बाबु भन्दै रामबहादुर भक्कानिए । यसैबिच शिशिर भण्डारीले आफ्नो नयाँ गतिमा टेरेसा र उनको आमालाई गीत गाउने अवसर दिएका छन् । चाँडै नै गीतको भिडियो सहित बजारमा ल्याउने तयारीमा रहेका शिशिरले शव्द तथा सँगीत गर्ने उक्त गीत गाउने अवसर पाएसँगै टेरेसाको परिवार खुशीले दँग भए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर