संघीय सरकार र सातै प्रदेशका सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश: 'सिटामोलको अभाव नहोस्' — OSNepal

संघीय सरकार र सातै प्रदेशका सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश: ‘सिटामोलको अभाव नहोस्’

LC (KTM) January 25, 2022 0

काठमाडौं १ माघ । कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि बजारमा सिटामोलको अभाव भएको समाचार आएपछि सर्वोच्च अदालतले बजारमा सिटामोल अभाव हुन नदिन संघीय सरकार र सातै प्रदेशका सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आज मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले संघीय सरकार र सातै प्रदेशका सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश शर्माले केहि दिन अगाडी टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज बसेको इजलासले बजारमा सिटामोल हुनुको कारण समेत देखाउन समेत आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर