आफुले लगाएको पहिरनका कारण ट्रोलको सिकार बनिन् दीपिका , हावाले ड्रेस उडाएपछि फ्यानहरुले गरे उर्फी जावेदसँग तुलना — OSNepal

आफुले लगाएको पहिरनका कारण ट्रोलको सिकार बनिन् दीपिका , हावाले ड्रेस उडाएपछि फ्यानहरुले गरे उर्फी जावेदसँग तुलना

LC (KTM) January 25, 2022 0

एजेन्सी-बलिउडकी चर्चित नायिका हुन् दिपिका पादुकोण । उनी बेला बेला विभिन्न कारण चर्चामा आइरहन्छिन् । यति बेला उनी पहिरनका कारण चर्चामा आएकी छन् । आफ्नो आगामी फिल्म ‘गहरियान’को प्रोमोसनमा उनी बोल्ड देखिएकी छिन् । प्रोमोसनका क्रममा उनी सुन्तला रंगको बोल्ड ड्रेसमा देखिएकी थिइन् ।यद्यपि दीपिकाको यो स्टाइल फ्यानहरुलाई मन नपरेपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।

फ्यानहरुले उनलाई उर्फी जावेदको ड्रेसिङ सेन्ससँग तुलना गरेका छन् । प्रमोशनका लागि पुगेका बेला धेरै हावा चलेका कारण आफ्नो ड्रेस सम्हाल्न सकेकी थिइनन् । एक प्रयोगकर्ताले दीपिकालाई ट्रोल गर्दै लेखेका छन्, ‘दीपिकाको ड्रेसिङ सेन्स बिग्रँदै गएको छ, रातो कार्पेट र सार्वजनिक स्थानमा वास्ता गर्दैनन्।’

त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड अभिनेत्रीहरु अब उर्फी जावेदको नक्कल गर्दै छन् ।दीपिका पादुकोणको पहिलो ओटीटी फिल्म ‘गेहरायां’ को ट्रेलर हालै रिलिज भएको छ । फिल्ममा दीपिकाका अलावा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे, धैर्य करवाको पनि महत्वपूर्ण भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर