सुदूरपश्चिममा थप ६५२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३३ सङ्क्रमणमुक्त — OSNepal

सुदूरपश्चिममा थप ६५२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३३ सङ्क्रमणमुक्त

LC (KTM) January 25, 2022 0

बैतडी, ११ माघ-सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर एक हजार ९७३ जनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये पिसिआरबाट ३२६ र एन्टिजेनबाट ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा २५६, महाकाली अस्पतालमा ४८, डडेल्धुरा अस्पतालमा १९, कमलबजार अस्पतालमा तीन र एन्टिजेन बिधिबाट कञ्चनपुरका १४१, कैलालीका ७८, बाजुराका २२, दार्चुलाका १६, बझाङका १३, बैतडीका ६, डडेल्धुराका १९, डोटीका २५ र अछामका ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १३३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा ५५० जनामा सङ्क्रमण पुष्टि हुँदा ६३ जना सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर