जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै — OSNepal

जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै

LC (KTM) January 25, 2022 0

काठमाडौँ, ११ माघ – नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गर्नुभयो । उहाँहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो ।

उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको सुधारका साथै स्वदेशी औद्योगिक आधारलाई सुदृढ गर्ने र गरिब तथा जोखिममा परेका जनताको सुरक्षामा सरकारको प्रयासलाई जोड दिनु हो । उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा नेपाल सरकारको बजेट खर्चमा समेत उपयोग गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर