म्याद गुज्रेका खाद्यवस्तु बजारमा छ्यापछ्याप्ती — OSNepal

म्याद गुज्रेका खाद्यवस्तु बजारमा छ्यापछ्याप्ती

LC (KTM) January 25, 2022 0

तेह्रथुम ११ माघ-तेह्रथुम जिल्लाको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो ।

मंगलबार गरिएको अनुगमनमा तेत्तीस हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

बजार क्षेत्रमा रहेका किसान, होटेल, मासु पसल तथा औषधी पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्न समेत सुझाइएको थियो ।

इजाजत भएकालाई समयमा नवीकरण गर्न र इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा नियन्त्रण कार्यालय र शुक्रवारे प्रहरीचौकीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर