मनकामनामाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल — OSNepal

मनकामनामाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

LC (KTM) January 26, 2022 0

मेषः– मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।

वृषः– समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । अपरान्हबाट समय प्रतिकुल हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अपरान्हबाट काममा सरलता आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । वैदेशिक काममा सुधार आउने देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

कर्कटः– घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला ।

सिंहः– समयले त्यति साथ दिने छैन । घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मध्यान्ह पछि बढि अन्योलता बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

कन्याः– पूर्वान्ह अनुकुल नै देखिन्छ । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तबाट सहयोग पाईने छैन । घर परिवारका समस्या बल्झिने छन् । मनमा अशान्ति बढ्नेछ ।

तुलाः– ग्रह,गोचर ठीकै देखिन्छ । दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनसक्छ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम आउनेछ । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

वृश्चिकः– पूर्वान्ह अनुकुल देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

धनुः– समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । मध्यान्ह पछि भने समय अनुकुल हुनेछ । समस्याको समाधान निस्कनेछ । गरेका काम सफल हुनेछन् ।

मकरः– कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समय प्रतिकुल हुनेछ । सोचाईको विपरित काम हुनेछन् । मनमा आशान्ति बढ्नेछ । मिथ्य कुराले सताउनेछ । व्यापार घट्नेछ ।

कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । उधारो रकम उठ्नेछ ।

मिनः– मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर मध्यान्ह पछि भने आफ्नै काम हुनेछन् । गतिरोध हट्नेछ । पुरान विवादको अन्त्य हुनेछ । पराक्रम बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर