यसरी बनाउनुहोस आफ्नै घरमा भिन्डीको स्वादिस्ट अचार — OSNepal

यसरी बनाउनुहोस आफ्नै घरमा भिन्डीको स्वादिस्ट अचार

LC (KTM) January 26, 2022 0

काठमाडौँ – भिन्डी स्वाद र स्वास्थ दुबैको लागी उपयोगी तरकारी हो । यसबाट धेरै परिकार बनाउन सकिन्छ । भन्डिीबाट अचार पनि बनाउन सकिन्छ । यो अती नै मिठो हुन्छ । भिन्डीको अचार बनाउन यस्ता सामग्री हालिन्छ। भिन्डी १ किलो, हरियो खुर्सानी १ सय ग्राम, ज्यामिर अथवा कागती एउटा, तिलको छोप २ सय ग्राम, तेल १ सय मिलिलिटर, जिरा, हिङ, मेथी एवं नुन स्वादअनुसार राख्ने । भिन्डीलाई दुई इन्चको लाम्चो टुक्रा पारेर चिर्ने ।

खुर्सानी लामो पारेर चिरेर राख्ने, कराहीमा तेल तताउने अनि एक९एक चम्चा मेथी, जिरा तथा एक चुट्की हिङ फुराउने । चिरेको खुर्सानी हालेर एकछिन चलाउने ।त्यसमा बेसार हालेर काटेको भिन्डी ओइरिने । नुन हालेर राम्रोसँग चलाउने । छोपेर सानो आँचमा पाक्न दिने । हरियो ज्यामिरको अमिलो वा कागतीको अमिलो आवश्यक मात्रामा हाल्ने र छोप हालेर चलाउने । यति गरेपछि भिन्डीको अचार तयार हुन्छ । जुन अत्यन्तै मिठो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर